त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो भजन गाए: परमप्रभुको प्रशंसा गर! इस्राएली अगुवाहरूले युद्ध गर्न निर्णय गरेका थिए, राजी-खुसीसाथ इस्राएलीहरूले आफैंलाई अर्पण गरेका थिए। हे राजाहरू हो! हे शासकहरू हो! सुन अनि ध्यान देओ, इस्राएलका परमप्रभुका निम्ति सङ्गीतको ध्वनिसाथ म गाउनेछु। परमप्रभु! तपाईंले सेइर-पहाड छोड्नुहुँदा, जब एदोमको इलाकादेखि बाहिर सवारी हुनुहुँदा, यो पृथ्वी डग्मगियो, आकाशबाट वृष्टि भयो, अँ, बादलबाट मुसलधारे पानी बर्स्यो। सीनैका परमप्रभु इस्राएलका परमेश्वरको सामुन्ने, पर्वतहरूमा भूइँचालो गयो। अनातका छोरा शमगरका दिनमा, याएलका दिनमा, देशका बीचबाट भएर व्यापारी दल जाँदैनथे, यात्रीहरू बाटोका किनारबाट हिँड्दथे। इस्राएलका सहरहरूदेखि मानिसहरू भागेका थिए, हे दबोरा, तिमी आइनपुगुञ्जेल ती सहरहरू रित्ता थिए, तिमी इस्राएलकी आमा भएर आयौ। जब इस्राएलीहरूले नयाँ देवी-देवता रोजे, तब देशमा लडाइँ भयो, इस्राएलका चालीस हजार मानिसहरूबीच कोसित ढाल वा कोसित भाला थिए? इस्राएलका सेनापतिहरूप्रति, खुसीसित सेवा गर्न आफैंलाई अर्पण गर्ने प्रजाप्रति मेरा हृदयमा गर्व छ। परमप्रभुको प्रशंसा गर!
न्यायकर्ता 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ता 5:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू