याहवेह परमेश्वर यसो भन्नुहुन्छ: जसले आकाशहरू सृष्टि गरेर तिनलाई फैलाउनुभयो, जसले पृथ्वी र त्यसबाट आउने सबैलाई फिँजाउनुभयो, जसले यसका मानिसहरूलाई सास र त्यसमा हिँड्नेहरूलाई जीवन दिनुहुन्छ: “म याहवेहले नै तँलाई धार्मिकतामा बोलाएको छु, म तेरो हात पक्रनेछु। म तेरो रक्षा गर्नेछु; अनि तँलाई जाति-जातिहरूका निम्ति करार र गैरयहूदीहरूका निम्ति ज्योति बनाउनेछु; तब तैँले अन्धाहरूका आँखा खोल्न, कैदीहरूलाई कैदबाट छुटकारा दिन र अन्धकारको खाडलमा बस्नेहरूलाई निकाल्न सक्नेछस्। “म नै याहवेह हुँ; मेरो नाम त्यही हो! म मेरो महिमा अर्कोलाई दिनेछैनँ, न त मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछु। हेर, पहिलेका कुराहरू बितिसके, अब नयाँ कुराहरू म घोषणा गर्छु; तिनीहरू आउनुभन्दा पहिल्यै म ती तिमीहरूलाई बताउँछु।”
यशैया 42 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 42:5-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू