YouVersion लोगो
खोज आइकन

यशैया 42:5-9

यशैया 42:5-9 सरल नेपाली

परमेश्‍वरले आकाश बनाएर टाँग्‍नुभयो। उहाँले पृथ्‍वी र त्‍यसका सारा प्राणी सृजना गर्नुभयो। पृथ्‍वीका सबै मानिसहरूमा सास र जीवन हालिदिनुभयो। अब परमप्रभु परमेश्‍वर आफ्‍नो सेवकलाई भन्‍नुहुन्‍छ, “पृथ्‍वीमा न्‍याय होस् भनी म, परमप्रभुले मेरो धार्मिकताअनुसार तँलाई बोलाएको छु र तँलाई सम्हाल्‍नेछु। तँद्वारा म जाति-जातिसित एउटा करार बाँध्‍नेछु, तँद्वारा म जाति-जातिमा ज्‍योति दिनेछु। तैँले अन्‍धाका आँखा खोलिदिनेछस्, अँध्‍यारो झ्‍यालखानमा बसेकाहरूलाई त्‍यहाँबाट छुटाउनेछस्। “म मात्र तेरा परमप्रभु परमेश्‍वर हुँ, म आफ्‍नो महिमा अरू कुनै देवी-देवतालाई दिनेछैनँ। म आफ्‍नो प्रशंसा कुनै मूर्तिलाई दिनेछैनँ। मैले उहिले भनेका कुराहरू अहिले पूरा भए। अब म तिमीहरूलाई नयाँ कुराहरू ती हुनुभन्दा अघि नै भन्‍नेछु।”

यशैया 42 पढ्नुहोस्