परमप्रभु, साँच्चो परमेश्वरले यी कुराहरू भन्नुभयो। (परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।) “म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ। तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्। धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ, धेरै मानिसहरू अन्धकारमा बस्दछन्, तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ। “म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो। मेरो महिमा म अरूलाई दिने छैन्। म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन, जुन मेरो हुनुपर्नेछ। शुरूमा नै केही घटना हुनेछ भनेर भनी सकेको थिए अनि ती घटनाहरू भए। अनि अब, यी घटनाहरू हुनु अघि नै, केही कुराहरू म तिमीहरूलाई बताउनेछु जुन भविष्यमा हुनेछ।”
यशैयाको पुस्तक 42 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैयाको पुस्तक 42:5-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू