यशैया 42:5-9
यशैया 42:5-9 पवित्र बाइबल (NERV)
परमप्रभु, साँच्चो परमेश्वरले यी कुराहरू भन्नुभयो। (परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।) “म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ। तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्। धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ, धेरै मानिसहरू अन्धकारमा बस्दछन्, तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ। “म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो। मेरो महिमा म अरूलाई दिने छैन्। म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन, जुन मेरो हुनुपर्नेछ। शुरूमा नै केही घटना हुनेछ भनेर भनी सकेको थिए अनि ती घटनाहरू भए। अनि अब, यी घटनाहरू हुनु अघि नै, केही कुराहरू म तिमीहरूलाई बताउनेछु जुन भविष्यमा हुनेछ।”
यशैया 42:5-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ— आकाश सृष्टि गरेर त्यो फैलाउनुहुने, अनि पृथ्वी र त्यसबाट उत्पन्न हुने सबैलाई फैलाउनुहुने, र त्यसमा भएका मानिसहरूलाई सास अनि त्यसमा हिँड्डुल गर्नेहरूलाई आत्मा दिनुहुने: “म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। म तिम्रो हात समात्नेछु, र तिम्रो रक्षा गर्नेछु। तिमीलाई नै म जाति-जातिहरूका निम्ति करार र अन्यजातिहरूका निम्ति ज्योति बनाउनेछु, अन्धाहरूका आँखा खोल्नलाई, कैदीहरूलाई कारागारबाट र अन्धकारमा बस्नेहरूलाई कैदी राख्ने तहखानाबाट निकाल्नलाई। “म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ। हेर, पहिलेका कुराहरू भइसके, र नयाँ कुराहरू म बताउँछु। ती हुनभन्दा अघि नै म तिनका विषयमा तिमीहरूलाई प्रकाशित गर्नेछु।
यशैया 42:5-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह परमेश्वर यसो भन्नुहुन्छ: जसले आकाशहरू सृष्टि गरेर तिनलाई फैलाउनुभयो, जसले पृथ्वी र त्यसबाट आउने सबैलाई फिँजाउनुभयो, जसले यसका मानिसहरूलाई सास र त्यसमा हिँड्नेहरूलाई जीवन दिनुहुन्छ: “म याहवेहले नै तँलाई धार्मिकतामा बोलाएको छु, म तेरो हात पक्रनेछु। म तेरो रक्षा गर्नेछु; अनि तँलाई जाति-जातिहरूका निम्ति करार र गैरयहूदीहरूका निम्ति ज्योति बनाउनेछु; तब तैँले अन्धाहरूका आँखा खोल्न, कैदीहरूलाई कैदबाट छुटकारा दिन र अन्धकारको खाडलमा बस्नेहरूलाई निकाल्न सक्नेछस्। “म नै याहवेह हुँ; मेरो नाम त्यही हो! म मेरो महिमा अर्कोलाई दिनेछैनँ, न त मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछु। हेर, पहिलेका कुराहरू बितिसके, अब नयाँ कुराहरू म घोषणा गर्छु; तिनीहरू आउनुभन्दा पहिल्यै म ती तिमीहरूलाई बताउँछु।”
यशैया 42:5-9 पवित्र बाइबल (NERV)
परमप्रभु, साँच्चो परमेश्वरले यी कुराहरू भन्नुभयो। (परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।) “म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ। तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्। धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ, धेरै मानिसहरू अन्धकारमा बस्दछन्, तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ। “म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो। मेरो महिमा म अरूलाई दिने छैन्। म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन, जुन मेरो हुनुपर्नेछ। शुरूमा नै केही घटना हुनेछ भनेर भनी सकेको थिए अनि ती घटनाहरू भए। अनि अब, यी घटनाहरू हुनु अघि नै, केही कुराहरू म तिमीहरूलाई बताउनेछु जुन भविष्यमा हुनेछ।”
यशैया 42:5-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले आकाश बनाएर टाँग्नुभयो। उहाँले पृथ्वी र त्यसका सारा प्राणी सृजना गर्नुभयो। पृथ्वीका सबै मानिसहरूमा सास र जीवन हालिदिनुभयो। अब परमप्रभु परमेश्वर आफ्नो सेवकलाई भन्नुहुन्छ, “पृथ्वीमा न्याय होस् भनी म, परमप्रभुले मेरो धार्मिकताअनुसार तँलाई बोलाएको छु र तँलाई सम्हाल्नेछु। तँद्वारा म जाति-जातिसित एउटा करार बाँध्नेछु, तँद्वारा म जाति-जातिमा ज्योति दिनेछु। तैँले अन्धाका आँखा खोलिदिनेछस्, अँध्यारो झ्यालखानमा बसेकाहरूलाई त्यहाँबाट छुटाउनेछस्। “म मात्र तेरा परमप्रभु परमेश्वर हुँ, म आफ्नो महिमा अरू कुनै देवी-देवतालाई दिनेछैनँ। म आफ्नो प्रशंसा कुनै मूर्तिलाई दिनेछैनँ। मैले उहिले भनेका कुराहरू अहिले पूरा भए। अब म तिमीहरूलाई नयाँ कुराहरू ती हुनुभन्दा अघि नै भन्नेछु।”