“तर तँ, हे मेरो सेवक इस्राएल, याकोब, जसलाई मैले चुनेको छु। मेरा मित्र, अब्राहामका सन्तान, मैले तँलाई पृथ्वीको पल्लो छेउबाट लिएँ, र त्यसका सुदूर कुनाबाट मैले तँलाई बोलाएँ। अनि मैले भनेँ, ‘तँ मेरो दास होस्’ मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैनँ। यसकारण नडरा; किनकि म तँसित छु; निराश नहो, किनकि म तेरो परमेश्वर हुँ। म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु; म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।
यशैया 41 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 41:8-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू