YouVersion लोगो
खोज आइकन

यशैया 41:8-10

यशैया 41:8-10 NNRV

“तर तँ, ए इस्राएल मेरो दास, याकूब, जसलाई मैले छानेको छु। मेरो मित्र अब्राहामको वंश, तँलाई मैले पृथ्‍वीको अन्‍तदेखि समातेर ल्‍याएँ, र पृथ्‍वीको पल्‍लो छेउदेखि तँलाई बोलाएँ। मैले भनें, ‘तँ मेरो दास होस्‌।’ मैले तँलाई छानेको छु, र तँलाई इन्‍कार गरेको छैनँ। यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।