YouVersion लोगो
खोज आइकन

यशैयाको पुस्तक 41:8-10

यशैयाको पुस्तक 41:8-10 NERV

परमप्रभु भन्नुहुन्छ “तिमी इस्राएल मेरो दास हौ, याकूब मैले तिमीलाई रोजें। तिमी आब्राहाम परिवारका हौ। अनि म आब्राहामलाई प्रेम गर्दछु। तिमी टाढा देशमा थियौ, तर म तिमीकहाँ पुगें, मैले तिमीलाई त्यो टाढा ठाउँबाट बोलाएँ। मैले भने, ‘तिमी मेरो दास हौ।’ तिमीलाई रोजें। अनि मैले तिमीलाई रद्ध गरिनँ। सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।