YouVersion लोगो
खोज आइकन

उत्पत्ति 9:18-29

उत्पत्ति 9:18-29 NCV

जहाज बाहिर निस्केर आउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हामचाहिँ कनानका पिता थिए।) नोआका तीन छोराहरू यिनै थिए; अनि यिनीहरूबाट आएका मानिसहरूले नै समस्त पृथ्वी भरियो। नोआले खेतीपाती गर्न थाले, उनले एउटा दाखबारी लगाए। जब तिनले दाखमद्यबाट पिए, तब तिनी मात्तिए, र आफ्नो पालभित्र नाङ्गै सुते। कनानका पिता हामले आफ्ना पिताको नग्नता देखे, र बाहिर भएका आफ्ना दुई दाजुभाइलाई बताए। तर शेम र येपेतले आफ्ना काँधमा एउटा लुगा लिए, र पछिल्तिरबाट सर्दै गई आफ्ना पिताको नग्नतालाई ढाकिदिए। तिनीहरूका अनुहार अर्कोपट्टि फर्केका हुनाले तिनीहरूले आफ्ना पिताको नग्नता देखेनन्। जब नोआको मद्यबाट होश खुल्यो, र तिनले आफ्नो कान्छा छोराले तिनलाई के गरेका थिए, त्यो थाहा पाए; तब तिनले भने, “कनान श्रापित होस्! त्यो आफ्ना दाजुभाइहरू बीचमा सबैभन्दा तुच्छ दास होस्।” तिनले यो पनि भने, “शेमका याहवेह, परमेश्‍वर धन्यका होऊन्; कनानचाहिँ शेमको कमारा होस्! परमेश्‍वरले येपेतको क्षेत्र बढाऊन्; येपेत शेमका पालहरूमा बास गरोस्; अनि कनानचाहिँ येपेतको कमारो होस्।” जलप्रलयपछि नोआ 350 वर्ष बाँचे। नोआ जम्मा 950 वर्षसम्म बाँचे; अनि तिनी मरे।

उत्पत्ति 9 पढ्नुहोस्