जहाजबाट निस्केका नूहका छोराहरू शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए) यी तिनै जना नूहका छोराहरू थिए र यी तीन जनाका सन्तानहरूले नै यो पृथ्वी भरियो। नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए। नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्। कनानका बाबु हामले आफ्नो बाबु नूहलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरूलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए। तिनीहरू पछिल्तिर फर्केका थिए र तिनीहरूले बाबुलाई नाङ्गो देखेनन्। जब नूह मध्य निंद्राबाट ब्यूँझिए उसको कान्छो छोरोले के गरेको थियो त्यो थाहा पाए। तब नूहले भने, “कनानलाई सराप लागोस्, ऊ आफ्ने दाज्यू-भाइहरूको कमारो हुनेछ।” तब नूहले भने, “शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन्। कनान उसको दास बनियोस्। परमेश्वरले येपेतको विकास गराई दिऊन्, अनि येपेत शेमको पालहरूमा बसोस्, अनि कनान उसको कमारा होस्।” नूह जल प्रलयपछि 350 बर्ष बाँचे र मरे। यसर्थ नूह जम्मा 950 बर्ष बाँचे र मरे।
उत्पत्तिको पुस्तक 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्तिको पुस्तक 9:18-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू