जहाजबाट बाहिर निस्किआएका नोआका छोराहरू शेम, हाम र येपेत हुन्। हामचाहिँ कनानका पिता थिए। नोआका छोराहरू यी नै तीन जना थिए। यिनीहरूबाट समस्त पृथ्वी भरियो। माटोमा काम गर्ने नोआले दाखबारी लगाए। जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्नो पालभित्र नाङ्गै सुतिबसे। कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखेर बाहिर आई आफ्ना दुवै दाजुहरूलाई बताइदिए। तर शेम र येपेतले एउटा लुगा लिए, र दुवैले आफ्ना काँधमा हाले र पछिल्तिर सर्दै-सर्दै गएर तिनीहरूले आफ्ना पिताको नग्नता ढाकिदिए। तिनीहरूका मुख पछिल्तिर फर्केको हुनाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन्। जब नोआलाई मद्यको निद्राले छोड्यो र तिनका कान्छा छोराले गरेको कुरा तिनले थाहा पाए, तब तिनले भने, “श्रापित होस्, कनान, त्यो आफ्ना दाजुहरूका कमाराहरूको पनि कमारो हुनेछ।” तिनले यसो पनि भने, “शेमका परमप्रभु धन्यका होऊन्, कनान त्यसको दास होस्। परमेश्वरले येपेतको वृद्धि गरून्, र त्यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्।” जलप्रलयपछि नोआ साढ़े तीन सय वर्षसम्म बाँचिरहे। नोआको जम्मा उमेर नौ सय पचास वर्ष भएको थियो। अनि तिनी मरे।
उत्पत्ति 9 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 9:18-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू