नाउबाट निस्किआउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हाम कनानका बुबा थिए)। नोआका यी तीन छोराहरू पृथ्वीका सबै मानिसहरूका पुर्खा भए। नोआ एक किसान थिए, दाखबारी लाउने पहिलो मानिस उनी नै थिए। केही दाखमद्य पिएपछि उनी माते, आफ्ना लुगाहरू फुकाले र पालभित्र नाङ्गै सुते। कनानका बुबा हामले आफ्ना बुबालाई नाङ्गै देखी बाहिर गएर आफ्ना दुवै दाजुहरूलाई त्यो कुरा भने। तब शेम र येपेतले एउटा लुगा लिए र काँधमा हालेर आफ्ना ढाडमा बोके। दुवै भाइ पछि सर्दै गएर पालभित्र पसे र बुबालाई लुगा ओढाइदिए। बुबाको नाङ्गो रूप देख्ननपरोस् भनेर तिनीहरूले आफ्नो अनुहार अर्कोपट्टि फर्काए। नोआलाई निद्राले छोडेपछि जब उसले कान्छा छोराले आफूसँग गरेको व्यवहार थाहा पाए, तब उनले भने, “कनानमाथि सराप परोस्, त्यो आफ्ना दाजुहरूको कमारो हुनेछ। परमप्रभु शेमका परमेश्वरलाई प्रशंसा गर! कनान शेमको कमारो हुनेछ। परमेश्वरले येपेतलाई बढाऊन्! त्यसका सन्तानले शेमका सन्तानसित बास गरून्, कनान येपेतको कमारो हुनेछ।” जलप्रलयपछि अरू ३५० वर्ष नोआ बाँचे र ९५० वर्ष उमेर पुगेर मरे।
उत्पत्ति 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 9:18-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू