YouVersion लोगो
खोज आइकन

उत्पत्ति 41:14-16

उत्पत्ति 41:14-16 NCV

यसकारण फारोले योसेफलाई बोलाउन पठाए; अनि तिनलाई झट्टै झ्यालखानाबाट बाहिर ल्याइयो। अनि तिनले आफ्नो दाह्री खौरे, र आफ्नो वस्त्र फेरेपछि तिनी फारोको सामु आए। फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेको छु, तर कसैले पनि त्यसको अर्थ खोल्न सकेनन्। तिमीले सपना सुनेपछि त्यसको अर्थ खोल्न सक्छौ भन्‍ने मैले सुनेको छु।” योसेफले फारोलाई जवाफ दिए, “यसो गर्न मेरो शक्तिभन्दा बाहिरको कुरा हो,” “तर परमेश्‍वरले नै फारोलाई उहाँले चाहे अनुसारको जवाफ दिनुहुनेछ।”

उत्पत्ति 41 पढ्नुहोस्