उत्पत्ति 41:14-16
उत्पत्ति 41:14-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण फारोले योसेफलाई बोलाउन पठाए, र उनीहरूले तिनलाई झ्यालखानबाट निकालेर ल्याए। तिनले दाह्री र कपाल खौरे, र लुगा फेरे। अनि तिनी फारोको सामुन्ने हाजिर भए। फारोले योसेफलाई भने, “मैले एउटा सपना देखें। तर यहाँ कसैले त्यसको अर्थ बताउन सकेन। मैले तेरो विषयमा सुनें, कि सपना सुनेपछि तैंले अर्थ खोल्न सक्छस् रे।” योसेफले फारोलाई भने, “यस्तो ज्ञान त ममा छैन। तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ।”
उत्पत्ति 41:14-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण फारोले योसेफलाई बोलाउन पठाए; अनि तिनलाई झट्टै झ्यालखानाबाट बाहिर ल्याइयो। अनि तिनले आफ्नो दाह्री खौरे, र आफ्नो वस्त्र फेरेपछि तिनी फारोको सामु आए। फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेको छु, तर कसैले पनि त्यसको अर्थ खोल्न सकेनन्। तिमीले सपना सुनेपछि त्यसको अर्थ खोल्न सक्छौ भन्ने मैले सुनेको छु।” योसेफले फारोलाई जवाफ दिए, “यसो गर्न मेरो शक्तिभन्दा बाहिरको कुरा हो,” “तर परमेश्वरले नै फारोलाई उहाँले चाहे अनुसारको जवाफ दिनुहुनेछ।”
उत्पत्ति 41:14-16 पवित्र बाइबल (NERV)
यसर्थ यूसुफलाई फिरऊनले झ्यालखानबाट झिकायो र अंग-रक्षकहरूले उसलाई लगत्तै झ्यालखानबाट ल्याए। यूसुफले दाह्री काट्यो अनि केही सफा लुगाहरू लगाएर फिरऊनलाई भेट्न गयो। फिरऊनले यूसुफलाई भन्यो, “मैले थाहा पाएँ कसैले तिमीलाई आफ्नो सपना बताए तिमी त्यसको बारेमा व्याख्या दिन सक्छौ अरे। मैले पनि एउटा सपना देखेको छु अनि त्यस सपनाको विषयमा बताउन यहाँ कसैले ब्यख्या गर्न सकेनन्।” यूसूफले उत्तर दिए, “म त ब्यारख्या दिन सक्दिनँ तर हुनसक्छ परमेश्वले तिमीलाई सपनाको बिषयमा बताउनु हुनेछ।”
उत्पत्ति 41:14-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राजाले योसेफलाई बोलाउन पठाए र उनी तुरुन्तै झ्यालखानबाट झिकाइए र केश काटी, दाह्री खौरी, आफ्ना लुगा लगाई राजाको सामुन्ने हाजिर भए। राजाले उनलाई भने, “मैले एउटा सपना देखेको छु, जसको अर्थ कसैले लाउन सकेन। तिमीले सपनाको अर्थ लाउन सक्छौ भनेर मैले सुनेको छु।” योसेफले उत्तर दिए, “हजुर! मसँग त्यस्तो ज्ञान त छैन तर परमेश्वरले सपनाको मिल्ने अर्थ खोलिदिनुहुन्छ।”