YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 41:14-16

उत्‍पत्ति 41:14-16 NNRV

यसैकारण फारोले योसेफलाई बोलाउन पठाए, र उनीहरूले तिनलाई झ्‍यालखानबाट निकालेर ल्‍याए। तिनले दाह्री र कपाल खौरे, र लुगा फेरे। अनि तिनी फारोको सामुन्‍ने हाजिर भए। फारोले योसेफलाई भने, “मैले एउटा सपना देखें। तर यहाँ कसैले त्‍यसको अर्थ बताउन सकेन। मैले तेरो विषयमा सुनें, कि सपना सुनेपछि तैंले अर्थ खोल्‍न सक्‍छस्‌ रे।” योसेफले फारोलाई भने, “यस्‍तो ज्ञान त ममा छैन। तर परमेश्‍वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्‍छ।”