याकोबले आफ्ना बुबालाई भने, “म तपाईंको जेठो छोरा एसाव हुँ। मैले तपाईंले भन्नुभएझैँ गरेको छु। कृपया बस्नुहोस्, र मैले शिकार गरेर ल्याएको भोजन खानुहोस्; र मलाई आफ्नो आशिष् दिनुहोस्।” इसहाकले आफ्नो छोरालाई सोधे, “मेरो छोरा, तैँले कसरी यति चाँडो शिकार भेट्टाइस् र?” याकोबले जवाफ दिए, “मलाई तपाईंका याहवेह परमेश्वरले नै सफलता दिनुभयो।” तब इसहाकले याकोबलाई भने, “मेरो छोरा, मेरो नजिक आइज, र तँ साँच्चै मेरा छोरा एसाव होस् कि होइनस् भनी म तँलाई छामेर जान्न सकूँ।” याकोब आफ्नो बुबा इसहाकको छेवैमा गए; अनि तिनले उनलाई छोएर भने, “सोरचाहिँ याकोबको हो, तर हातहरूचाहिँ एसावकै हुन्।” याकोबका हातहरू तिनका दाजु एसावका हातहरूजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाकले याकोबलाई आशिष् दिए। इसहाकले तिनलाई सोधे, “के तँ साँच्चै मेरो छोरा एसाव नै होस् त?” तिनले जवाफ दिए, “हो, म उही हुँ।”
उत्पत्ति 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 27:19-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू