याकूबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरें। अब उठ्नुहोस् अनि मैले शिकार गरी मारेको मृगको मासुको स्वाद चाख्नु होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।” तर इसहाकले आफ्नो छोरालाई भने, “तैंले यति चाँडो शिकार खेली कसरी जनावरहरू मारिस्?” याकूबले भने, “किनभने परमप्रभु परमेश्वले मलाई झट्टै नै शिकार फेला पारिदिनु भयो।” तब इसहाकले याकूबलाई भने, “मेरो छोरो, मेरो छेऊमा आइज, यदि मैले छोएँ भने म जान्न सक्छु साँच्चै तँ मेरो छोरो एसाव नै होस्।” यसर्थ याकूब आफ्नो बाबु इसहाक छेऊमा गए। इसहाकले छोए अनि भने, “तेरो आवाज याकूबको जस्तो सुनिन्छ, तर तेरा पाखुराहरू रौंले भरिएकोले एसाव जस्तै लाग्छ।” इसहाकले यो याकूब नै हो भनी चिन्न सकेनन् किनभने उसको पाखुराहरू एसावको झैं थियो। यसर्थ इसहाकले याकूबलाई आशीर्वाद दिए। इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव होस्?” याकूबले उत्तर दिए, “हो, म एसाव नै हुँ।”
उत्पत्तिको पुस्तक 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्तिको पुस्तक 27:19-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू