याकूबले भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले भनेअनुसार मैले गरेको छु। उठेर मैले ल्याएको मासु खानुहोस् र मलाई आशीर्वाद दिनुहोस्।” इसहाकले भने, “हैन छोरा, यति छिटो कसरी भेट्टाइस् र?” याकूबले उत्तर दिए, “परमप्रभु तपाईंको परमेश्वरले मलाई मद्दत दिनुभयो र पाएँ।” इसहाकले याकूबलाई भने, “मेरो छेउमा आइज त। म तँलाई छामुँ। साँच्चै तँ एसाव होस्?” याकूब बुबाको छेउमा गए। इसहाकले त्यसलाई छामे र भने, “तेरो सोर त याकूबको जस्तो छ तर पाखुरा भने एसावको जस्तो लाग्यो।” याकूबको पाखुरा एसावको जस्तो भुत्लैभुत्ला भएकोले उनले त्यसलाई चिनेनन्। आशीर्वाद दिन लाग्दा उनले एकपल्ट फेरि सोधे, “के तँ साँच्चै एसाव नै होस् त?” तिनले उत्तर दिए, “हजुर, म उही हुँ।”
उत्पत्ति 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 27:19-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू