याकूबले आफ्ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले अह्राउनुभएबमोजिम मैले गरेको छु। अब उठेर बस्नुहोस्, र मैले ल्याएको शिकारको मासु खानुहोस्, र मलाई आशिष् दिनुहोस्।” इसहाकले आफ्ना छोरालाई भने, “छोरो, कसरी तैंले यति चाँड़ै त्यो भेट्टाउन सकिस्?” तिनले जवाफ दिए, “परमप्रभु तपाईंका परमेश्वरले मलाई सफल गराउनुभयो।” तब इसहाकले याकूबलाई भने, “छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस् कि होइनस् म यसो हेरूँ।” याकूब आफ्ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्।” तिनका हातहरू तिनका दाजु एसावकै हातजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाकले याकूबलाई आशिष् दिए। इसहाकले तिनलाई सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव नै होस् त?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ।”
उत्पत्ति 27 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 27:19-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू