“तैँले वेदीमा प्रत्येक दिन नियमित रूपले चढाउनुपर्ने कुराहरू यिनै हुन्: एकवर्षे दुई वटा थुमाहरू। एउटा थुमा बिहान र अर्को थुमा साँझमा चढाउनू। पहिलो थुमाको साथमा एपाको दशौँ भाग मसिनो पिठोसित पेलिएको जैतुनको चौथाइ हिन तेल मिसाएर अनि अर्घबलिको रूपमा चौथाइ हिन दाखमद्य चढाउनू। अर्को थुमालाई पनि साँझमा बिहानजस्तै अन्नबलि र अर्घबलिका साथमा चढाउनू—जुन याहवेहलाई मनपर्दो बास्नाको रूपमा आगोद्वारा चढाइएको बलि होस्। “आउने पुस्ताका लागि यो होमबलि भेट हुने समागम पालको प्रवेशद्वारमा याहवेहका निम्ति नियमित रूपले चढाइयोस्। त्यहाँ म तँलाई भेट्नेछु, र तँसित बोल्नेछु; त्यहाँ म इस्राएलीहरूसित पनि भेट गर्नेछु, र त्यो ठाउँ मेरो महिमाले पवित्र हुनेछ। “यसरी म समागम पाललाई र वेदीलाई पवित्र पार्नेछु; अनि मेरो निम्ति पुजारी भई सेवा गर्नलाई हारून र त्यसका छोराहरूलाई पवित्र गर्नेछु। तब म इस्राएलीहरूका बीचमा बास गर्नेछु र तिनीहरूका परमेश्वर हुनेछु। म तिनीहरूबीच बास गरूँ भनेर तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्। म याहवेह नै तिनीहरूका परमेश्वर हुँ।
प्रस्थान 29 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 29:38-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू