YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 29:38-46

प्रस्‍थान 29:38-46 NNRV

“अब वेदीमा दिनहुँ तैंले निरन्‍तर चढ़ाउनुपर्ने कुरो यही हो: दुई वटा एक वर्षका थुमा। एउटा थुमा बिहान चढ़ाउनू र अर्को बेलुकी। पहिलो थुमासित एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो, र अर्घ-बलिको निम्‍ति चाहिँ एक लिटर दाखमद्य चढ़ाउनू। अर्कोचाहिँ थुमा बेलुकी चढ़ाउनू, र त्‍यससँग बिहानको जस्‍तै अन्‍नबलि र अर्घबलि होस्‌। परमप्रभुको निम्‍ति मीठो बास्‍ना भएको, आगोद्वारा चढ़ाइएको बलि त्‍यो होस्‌।” “तिमीहरूका पुस्‍ता-पुस्‍ताका निम्‍ति परमप्रभुको सामुन्‍ने भेट हुने पालको ढोकानेर त्‍यो निरन्‍तरको होमबलि होस्‌। त्‍यही ठाउँमा म तँसित कुरा गर्नलाई तँसँग भेट गर्नेछु। इस्राएलीहरूसित म त्‍यहीँ नै भेट गर्नेछु, र त्‍यो पाल मेरो महिमाले पवित्र हुनेछ। “म भेट हुने पाल र वेदीलाई पवित्र गर्नेछु। हारून र त्‍यसका छोराहरूलाई पनि मेरो निम्‍ति पूजाहारी पदमा मेरो सेवा गर्नलाई पवित्र गर्नेछु। म इस्राएलीहरूका बीचमा वास गर्नेछु, र तिनीहरूका परमेश्‍वर हुनेछु। तिनीहरूका मध्‍यमा बस्‍न भनी तिनीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्‌। म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ।”