YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 29:38-46

प्रस्‍थान 29:38-46 सरल नेपाली

“सधैँभरि दिनहुँ दुईवटा एकवर्षे भेडाको पाठो वेदीमा बलि चढाउने गर्नू। एउटा पाठो बिहान र अर्को पाठो बेलुका बलि गर्नू। बिहानको पाठोसित एक किलो गहुँ, एक लिटर शुद्ध जैतुनको तेल मिसाएर चढाउनू। एक लिटर दाखमद्य पनि भेटी स्‍वरूप खन्‍याइदिनू। बेलुकाको पाठो बलि गर्दा पनि त्‍योसित बिहानको झैँ बराबर मात्राले पिठो, जैतुनको तेल र दाखमद्य चढाउनू। यो म परमप्रभुलाई चढाइएको होमबलि हुनेछ र त्‍यसको मीठो बास्‍नाले मलाई सन्‍तुष्‍ट गराउनेछ। सधैँभरि मेरो सामु म बास गर्ने पवित्र पालको ढोकामा यो होमबलि चढाउने गर्नू। त्‍यहाँ म मेरा प्रजासित भेट गर्नेछु र तँसित बोल्‍नेछु। त्‍यहाँ म इस्राएलीहरूलाई भेट्‍नेछु र मेरो उपस्‍थितिको चम्‍किलो ज्‍योतिले त्‍यस ठाउँलाई पवित्र पार्नेछु। म वेदी र पाललाई पवित्र गर्नेछु र हारून र त्‍यसका छोराहरूलाई मेरा पूजाहारी भई सेवा गर्न अलग गर्नेछु। म इस्राएलीहरूका माझमा बास गर्नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु। म तिनीहरूका माझमा बास गर्न सक्‍नेछु। मिश्रदेशदेखि तिनीहरूलाई छुटाइल्‍याउने तिनीहरूका परमेश्‍वर परमप्रभु म हुँ भनी तिनीहरूले जान्‍नेछन्। म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ।

प्रस्‍थान 29 पढ्नुहोस्