“त्यही रात म इजिप्टबाट भएर जानेछु अनि मानिसहरू र पशुहरूका प्रत्येक जेठोमाथि प्रहार गर्नेछु, र इजिप्टका सबै देवी-देवताहरूमाथि न्याय ल्याउनेछु; म नै याहवेह हुँ। त्यो रगत तिमीहरू बसेका घरहरूमा चिन्ह हुनेछ; अनि जब म रगत देख्नेछु, तब म तिमीहरूलाई छोडेर जानेछु। मैले इजिप्टमाथि प्रहार गर्दा तिमीहरूलाई कुनै पनि नाश गर्ने विपत्तिले छुनेछैन। “यस दिनलाई तिमीहरूको स्मरणमा राख्नू; अनि आउने पुस्ताका निम्ति तिमीहरूले यसलाई याहवेहका चाडको हिसाबले मान्नू—यो सदाको निम्ति एउटा धार्मिक विधि हो। सात दिनसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू। पहिलो दिन आफ्ना घरहरूबाट खमिर निकाल्नू; किनकि जसले पहिलो दिनदेखि लिएर सातौँ दिनसम्म खमिर हालेको केही खान्छ, त्यो इस्राएलदेखि बहिष्कृत होस्। पहिलो दिन एउटा पवित्र सभा आयोजना गर, र अर्को सभा सातौँ दिनमा गर। प्रत्येकले खानलाई भोजन तयार गर्नुबाहेक यी सबै दिनहरूमा पटक्कै काम नगर्नू; भोजन बनाउने काम मात्र तिमीहरू गर्न सक्छौ।
प्रस्थान 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 12:12-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू