“त्यस रात म मिश्रका बीचबाट भएर जानेछु र मिश्रमा भएका सबै जेठा छोराहरू र गाईवस्तुका पहिले ब्याएका बाछाहरूलाई मार्नेछु र मिश्रका सबै देवताहरूलाई दण्ड दिनेछु। म परमप्रभु हुँ। ढोकाका खम्बाहरूमा पोतिएका रगत तिमीहरू बसेका घरमा चिन्ह हुनेछ। त्यो रगत देखेर म तिमीहरूलाई बचाउनेछु र मैले मिश्रीहरूलाई दण्ड दिएको बेलामा तिमीहरूमाथि केही विपत्ति पर्नेछैन। त्यो दिन तिमीहरूले एउटा धार्मिक चाड मनाउनेछौ र त्यस चाडले म परमप्रभुले जे गरेको थिएँ, त्यो तिमीहरूलाई याद दिलाउनेछ। त्यो चाड तिमीहरूले सदाको निम्ति आउँदा दिनहरूमा मनाउनू।” परमप्रभुले भन्नुभयो, “सात दिनसम्म तिमीहरूले बिनाखमिरको रोटी खानू। पहिलो दिनै तिमीहरूले आफ्ना घरमा भएका सबै खमिर हटाउनू किनभने कसैले ती सात दिनभित्रमा खमिर लाएको रोटी खायो भने त्यो मेरो प्रजा मानिनेछैन। पहिलो र सातौँ दिनमा मलाई आराधना गर्न तिमीहरू भेला हुनेछौ। खाना बनाउन बाहेक अरू कुनै काम तिमीहरूले ती दिनमा गर्नेछैनौ।
प्रस्थान 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 12:12-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू