“त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु। म परमप्रभु हुँ। तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोड़िदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन। “त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड़ मनाउनेछौ। तिमीहरूले यो पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू। पहिलो दिनमा नै तिमीहरूले आ-आफ्नो घरबाट खमिर निकाल्नू, किनभने जसले पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाला त्यो मानिस इस्राएलबाट बहिष्कृत हुनेछ। पहिलो दिनमा तिमीहरूले एउटा पवित्र सभा राख्नू, सातौँ दिनमा अर्को। ती दिनमा कुनै किसिमको काम नगर्नू, केवल हरेक मानिसले खानका निम्ति जति गर्नुपर्छ त्यति मात्र गर्नू।
प्रस्थान 12 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 12:12-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू