YouVersion लोगो
खोज आइकन

प्रस्थानको पुस्तक 12:12-16

प्रस्थानको पुस्तक 12:12-16 NERV

“आज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ। तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन। “यसकारण यो एउटा स्मरणीय दिन हुनेछ। अनि तिमीहरूको निम्ति यो एक विशेष पवित्र चाड़ हुनेछ। तिमीहरूका सन्तानहरूले सदा सर्वदा यो पवित्र चाड़लाई परमप्रभुलाई भक्ति गर्ने दिनको रूपमा मान्नु पर्छ। यस चाड़मा तिमीहरूले अखमिरी रोटी सात दिनसम्म खाने छौ। यस पवित्र चाड़़को पहिलो दिन तिमीहरूले आफ्नो-आफ्नो घरबाट समस्त खमीर बाहिर निकाल्ने छौ। यो पवित्र चाड़़मा सात दिनसम्म कसैले पनि खमीर खाने छैनौ। यदि कसैले खमीर त्यस समयमा खायो भने त्यसलाई अरू इस्राएलीबाट बहिष्कृत गरिनेछ। यो पवित्र चाड़को पहिलो र अन्तिम दिनमा पवित्र सभा हुनेछ। यी दिनमा तिमीहरूले केही पनि काम गर्नु हुँदैन। यी दिनमा तिमीहरूको निम्ति एउटै काम भोजन तयार गर्नु हुन्छ।