चौधौँ रात पनि आँधीबेहरीले हाम्रो जहाजलाई एड्रिया समुद्रमा हुत्याइरहेकै थियो, तब मध्यराततिर नाविकहरूले आफूहरू कुनै जमिनको नजिकै पुगेको अनुमान लगाए। त्यहाँनिर पानीको गहिराइ नाप्दा तिनीहरूले एक सय बीस फिट गहिरो भएको पत्ता लगाए। त्यसको केही समयपछि तिनीहरूले फेरि गहिराइ नापे, र त्यस ठाउँमा नब्बे फिटमात्रै गहिरो रहेको पाए। हाम्रा जहाज कुनै पनि चट्टानसँगै बजारिन सक्ने डरले जहाजको पछिल्तिरबाट तिनीहरूले चार वटा लङ्गर खसाले, र चाँडै बिहान होस् भनी प्रार्थना गरे। जहाजबाट भाग्न खोजेर नाविकहरूले केही लङ्गरहरू खसाल्ने बहाना गरी सुरक्षा-डुङ्गालाई समुद्रमा खसाले। त्यो देखेर पावलले सेनापति र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुन्न।”
प्रेरित 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 27:27-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू