तर जब चौधौँ रात भएथ्यो, र एड्रियास समुद्रमा हामी हुत्तिरहेका थियौं, तब आधाराततिर नावीहरूले हामी कुनै जमिनको नजिक पुगिरहेका छौं भन्ने अनुमान गरे, र गहिराइ नापेर हेर्दा तिनीहरूले सैँतीस मिटर पत्ता लगाए, र अलि पर गएर फेरि गहिराइ नाप्दा तिनीहरूले छब्बीस मिटर पत्ता लगाए। अनि कुनै चट्टानमाथि ठक्कर खान पुग्छौं कि भन्ने डरले, तिनीहरूले जहाजको पछाडितिरबाट चार वटा लङ्गर खसाले, र बिहान होस् भनी प्रार्थना गर्न लागे। जब नावीहरू जहाजबाट भाग्न खोजिरहेका थिए, र अगिल्तिर लङ्गर खसाल्ने बहानाले डुङ्गा समुद्रमा झारिसकेका थिए, तब पावलले कप्तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुनेछैन।”
प्रेरित 27 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 27:27-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू