YouVersion लोगो
खोज आइकन

प्रेरित 27:27-31

प्रेरित 27:27-31 सरल नेपाली

हाम्रो जहाज यसरी आँधीको बीचमा एड्रियास भन्‍ने समुद्रमा लरखराइरहेको चौध दिन भइसकेको थियो। आधाराततिर जहाज चलाउनेहरूलाई कुनै देशको किनारमा पुग्‍न आँट्यौंजस्‍तो लाग्‍यो। त्‍यसो हुँदा उनीहरूले पानीको गहिराइ नाप्‍न थाले। नाप्‍दा चालीस मिटर जति गहिरो रहेछ। अलि पर पुगेपछि फेरि नाप्‍दा तीस मिटर जति मात्र रहेछ। पानी थोरै भएकोले उनीहरूलाई कतै चट्टानमा जहाज ठोकिन्‍छ कि भन्‍ने डर लाग्‍यो। त्‍यसकारण उनीहरूले पछाडिका चार वटा लङ्गर खसालेर जहाजलाई अडाए अनि कहिले उज्‍यालो होला भनेर त्‍यहीँ नै पर्खिरहे। यसरी पर्खिरहँदा जहाज चलाउनेहरूले अगाडिको लङ्गर झार्ने निहुँ गरेर सानो नाउलाई जहाजबाट खसाले र भाग्‍न खोजे। तर पावलले कप्‍तान र सिपाहीहरूलाई भने, “यी जहाज चलाउनेहरू भागे भने हामी कोही पनि बाँच्‍नेछैनौं।”

प्रेरित 27 पढ्नुहोस्

प्रेरित 27:27-31 को लागि भिडियो