YouVersion लोगो
खोज आइकन

प्रेरितहरूका काम 27:27-31

प्रेरितहरूका काम 27:27-31 NERV

चौधौ रात सम्ममा पनि हामी एड्रिया समुद्र वरिपरि बहिरहेथ्यौ। जहाज चालकहरूले कुनै जमीनको छेउतिर पुगेको विचार गरे। तिनीहरूले डोरीको टुप्पामा एक गह्रुँ चीज बाँधेर समुद्रमा फालिदिए। त्यसो गर्दा तिनीहरूले पानीको गहिर्याई 120 फीट पता लगाए। तिनीहरू अझ केही पर सम्म गएर फेरि डोरी समुद्रमा फाले। यस पल्ट 90 फीट गहिरो पाए। तिनीहरू जाहज चट्टानसँग ठोकिन पुग्ला भनेर डराइरहेका थिए। यसकारण तिनीहरूले लङ्गार फयाँके अनि तब तिनीहरूले दिनको उज्यालो आओस् भनी प्रार्थना गरे। कतिपय चालकहरू जहाज छोडेर भाग्न चाहन्थे। तिनीहरूले जीवन रक्षक डुंङ्गाहरू पानीमा ओह्राले। तिनीहरूले यस्तो भान पारे कि तिनीहरू जहाजको अधिल्तिरबाट अझै लङ्गारहरू झार्दैंछन्। तर पावलले सैन्य अधिकारी र अन्य सिपाहीहरूलाई भने, “यदि यी मानिसहरू जहाजमा बस्दैनन् भने तपाईंहरू बाँच्नु हुनेछैन!”

प्रेरितहरूका काम 27:27-31 को लागि भिडियो