YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 4:1-4

2 कोरिन्थी 4:1-4 NCV

यसकारण परमेश्‍वरको कृपाद्वारा हामीले यो सेवा पाएको हुनाले हामी हरेस खाँदैनौँ। बरु हामीले गुप्‍त र शर्म लाग्ने मार्गहरू त्यागेका छौँ। हामी छल गर्दैनौँ, न त परमेश्‍वरको वचनलाई हेरफेर गरेर व्याख्या गर्छौँ। तर हामी परमेश्‍वरको दृष्‍टिमा सत्यलाई प्रकट गरेर प्रत्येकको विवेकमा आफूलाई ग्रहणयोग्य बनाउँछौँ। यदि हामीले प्रचार गरेको सुसमाचारमा घुम्टो लागेको छ भने त्यो घुम्टोचाहिँ नष्‍ट हुनेहरूकै लागि मात्र लागेको छ। परमेश्‍वरको प्रतिरूप ख्रीष्‍टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्‍वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ।

2 कोरिन्थी 4 पढ्नुहोस्