YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 4:1-4

२ कोरिन्थी 4:1-4 सरल नेपाली

परमेश्‍वरले आफ्‍नै दयामा हामीलाई यो काम दिनुभएको छ। यसकारण हामी हरेस खाँदैनौं। हामी सबै किसिमका लुकी-चोरी गरिने कुरा र नराम्रा कामहरू त्‍याग्‍छौं। हामी छल-कपटको काम गर्दैनौं। परमेश्‍वरको वचनलाई झूटो तुल्‍याउँदैनौं। हामी सत्‍यको पूर्ण उज्‍यालोमा परमेश्‍वरको अघि जिउँछौं अनि सबैले देख्‍ने गरी मान्‍छेको आँखा अगि हामीले आफैंलाई सुम्‍पेका छौं। हामीले सुनाएको सुसमाचार कसैबाट पनि लुकेको भए नाश हुनेहरूबाट मात्र लुकेको छ। यस युगको देवताले येशूमा विश्‍वास नगर्नेहरूको बुझ्‍ने शक्तिलाई नै अन्‍धो बनाइदिएको छ। ख्रीष्‍ट परमेश्‍वरकै स्‍वरूप हुनुहुन्‍छ, उहाँकै बारेमा भएको सुसमाचारबाट आउने चहकिलो प्रकाश अविश्‍वासीहरूले नदेखून् भनी शैतानले तिनीहरूलाई अन्‍धो बनाइदिएको छ।

२ कोरिन्थी 4 पढ्नुहोस्