YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 4:1-4

२ कोरिन्थी 4:1-4 NNRV

यसकारण परमेश्‍वरको कृपाद्वारा हामीसँग यो सेवा भएकोले हामी हरेस खाँदैनौं। हामीले शर्मका र लुकीछिपी गर्ने कामहरू त्‍यागेका छौं। हामी धूर्त काम गर्न वा परमेश्‍वरको वचनलाई हेरफेर गर्न इन्‍कार गर्छौं। तर सत्‍यको वचन खुलस्‍त गरी घोषणा गर्दै परमेश्‍वरको दृष्‍टिमा हामी हरेक मानिसको विवेकमा आफैलाई ग्रहणयोग्‍य तुल्‍याउँछौं। हाम्रो सुसमाचार घुम्‍टोले ढाकिएको भए तापनि यो नष्‍ट हुनेहरूका निम्‍ति मात्र घुम्‍टोले ढाकिएको छ। तिनीहरूका विषयमा भनौं भने ख्रीष्‍ट, जो परमेश्‍वरको रूप हुनुहुन्‍छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून्‌ भनेर यस संसारको देवले अविश्‍वासीहरूको समझलाई अन्‍धो तुल्‍याइदिएको छ।