त्यसपछि पुजारीहरूले याहवेहको करारको सन्दुकलाई त्यसकै ठाउँमा मन्दिरको भित्री पवित्रस्थानमा, अर्थात् महा-पवित्रस्थानमा ल्याए। अनि त्यसलाई करूबहरूका पखेटामुनि राखिदिए। सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो। ती डण्डाहरू यति लामा थिए, कि सन्दुकबाट निस्किएका तिनीहरूका छेउहरू पवित्रस्थानको अगिबाट देखिन्थे; तर पवित्रस्थानको बाहिरबाट देख्न सकिँदैनथिए। ती आज पनि त्यहीँ छन्। त्यस सन्दुकभित्र ढुङ्गाका दुई पाटीहरूबाहेक अरू केही थिएन, जसमा पाटीहरू मोशाले होरेबमा राखेका थिए, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएपछि याहवेहले तिनीहरूसित करार बाँध्नुभएको थियो। जब पुजारीहरू पवित्रस्थानबाट हटे, तब याहवेहको मन्दिरभित्र बादल भरियो। अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि याहवेहको महिमाले उहाँको मन्दिर भरियो। तब सोलोमनले भने, “याहवेहले भन्नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ; मैले साँच्चै तपाईंका निम्ति एउटा भव्य भवन निर्माण गरेको छु—तपाईं सदासर्वदा बास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।”
1राजाहरू 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1राजाहरू 8:6-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू