YouVersion लोगो
खोज आइकन

१ राजाहरू 8:6-13

१ राजाहरू 8:6-13 NNRV

तब पूजाहारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे। सन्‍दूक राखिएको ठाउँको माथि करूबहरूका पखेटा फैलिएका थिए, र सन्‍दूक र त्‍यसका डन्‍डाहरूमाथि करूबहरूका पखेटाले छाया पारेका थिए। यी डन्‍डाहरू यति लामा थिए, कि तिनीहरूका टुप्‍पाहरू भित्री पवित्रस्‍थानको सामुको पवित्रस्‍थानबाट देखिन सकिन्‍थे, तर पवित्रस्‍थानको बाहिरबाट देखिँदैनथे, र ती आजसम्‍मै त्‍यहाँ छन्‌। त्‍यस सन्‍दूकभित्र अरू केही थिएन, केवल दुई वटा शिला-पाटीहरू, जुन मोशाले होरेब पर्वतमा सन्‍दूकमा राखेका थिए, जहाँ इस्राएलीहरू मिश्रदेश छोड़ेर आउँदा परमप्रभुले तिनीहरूसँग करार बाँध्‍नुभएको थियो। जब पूजाहारीहरू पवित्रस्‍थानबाट बाहिर आए, तब परमप्रभुको मन्‍दिर बादलले भरियो। अनि पूजाहारीहरूले त्‍यहाँ बादल भएको हुनाले सेवा गर्न सकेनन्, किनभने परमप्रभुको महिमाले मन्‍दिर भरिएको थियो। तब सोलोमनले भने, “परमप्रभुले भन्‍नुभएको छ कि उहाँ अँध्‍यारो बादलमा बस्‍नुहुन्‍छ। तपाईं सदासर्वदै रहनलाई मैले तपाईंको निम्‍ति एउटा शोभनीय मन्‍दिर निर्माण गरेको छु।”