YouVersion लोगो
खोज आइकन

१ राजा 8:6-13

१ राजा 8:6-13 सरल नेपाली

त्‍यसपछि पूजाहारीहरूले करारको सन्‍दुक मन्‍दिरभित्र लगे र महा-पवित्रस्‍थानमा स्‍वर्गदूतहरूका मुन्‍तिर राखे। तिनीहरूका फैलिएका पखेटाहरूले सन्‍दुक र त्‍यसलाई बोक्‍ने डन्‍डाहरू ढाक्‍दथे। ती डण्‍डाका दुई छेउ महा-पवित्रस्‍थानको सामुन्‍नेमा खडा हुने व्‍यक्तिले देख्‍न सक्‍थ्‍यो तर अरू कुनै ठाउँबाट ती देखिँदैनथे। (ती डण्‍डाहरू आज पनि त्‍यहाँ छँदैछन्।) करारको सन्‍दुकभित्र मोशाले सीनै पर्वतमा राखेका एक जोडी पत्‍थरका पाटीहरूबाहेक अरू केही कुरा थिएन। इस्राएलका मानिसहरू मिश्रबाट आइरहेका बेलामा परमप्रभुले तिनीहरूसित करार बाँध्‍नुभएको थियो। पूजाहारी मन्‍दिरबाट निस्‍केर आएको बेलामा परमप्रभुको उपस्‍थितिले आँखा तिरमिराउने गरी चम्‍कने ज्‍योतिले भरिएको बादलले मन्‍दिर भरियो र तिनीहरू आफ्‍ना सेवाकार्य गर्न त्‍यहाँ फर्किजान सकेनन्। तब सोलोमनले यसरी प्रार्थना गरे: “परमप्रभु, तपाईंले सूर्यलाई आकाशमा राख्‍नुभयो, तर आफूले चाहिँ बाक्‍लो बादलमा बस्‍नलाई रोज्‍नुभयो। अब मैले तपाईंको लागि सदाकाल बास गर्नलाई एउटा वैभवशाली मन्‍दिर बनाएको छु।”

१ राजा 8 पढ्नुहोस्