YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 7:17-24

1 कोरिन्थी 7:17-24 NCV

प्रभुले हरेक व्यक्तिलाई जस्तो अवस्थामा राख्नुभएको छ, तथा जुन रूपमा बोलाउनुभएको छ, त्यही अवस्थामा विश्‍वासी भएर जिउनुपर्दछ। म यही नियम सबै मण्डलीहरूका लागि राख्दछु। कुनै मानिसको बोलावट हुँदा उसको अगिबाटै खतना भइसकेको थियो भने उसले बेखतना हुनुपर्दैन। कुनै मानिसको बोलावट हुँदा खतना नभएको हो भने उसले खतना नगरोस्। खतना र बेखतना महत्त्वपूर्ण कुरा होइन, तर परमेश्‍वरको आज्ञापालन गर्नुचाहिँ महत्त्वपूर्ण कुरा हो। हरेक व्यक्ति परमेश्‍वरले बोलाउनुहुँदा जस्तो अवस्थामा थियो, त्यसै अवस्थामा रहिरहोस्। तिमीहरूको बोलावट हुँदा के तिमीहरू सेवक थियौ? यो कुराको चिन्ता नगर; तर तिमीले स्वतन्त्र हुने मौका पायौ भने त्यसको सदुपयोग गर। किनकि जब प्रभुमा बोलावट पाउँदा कोही व्यक्ति सेवक थियो भने अब ऊ प्रभुको स्वतन्त्र पारिएको मानिस हो; त्यसरी नै जब कोही व्यक्ति बोलावट हुँदा स्वतन्त्र मानिस थियो भने अब ऊ ख्रीष्‍टको सेवक हो। तिमीहरू मोल तिरेर किनिएका हौ; तिमीहरू मानिसहरूका सेवक नबन। दाजुभाइ-दिदीबहिनीहरू हो, प्रत्येक व्यक्ति परमेश्‍वरप्रति जिम्मेवार भई, जसले जुन अवस्थामा परमेश्‍वरबाट बोलावट पाएको छ, त्यही अवस्थामा रहिरहोस्।

1 कोरिन्थी 7 पढ्नुहोस्