१ कोरिन्थी 7:17-24
१ कोरिन्थी 7:17-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रभुले हरेकलाई जस्तो जीवन खटाउनुभएको छ र जस्तो स्थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्यो हिंडोस्। सबै मण्डलीहरूका निम्ति मेरो नियम यही हो। के कोही मानिसको बोलावट हुँदा त्यसको अघिबाटै खतना भइसकेको थियो? त्यसो हो भने त्यसले बेखतना हुन नखोजोस्। के कोही खतना नहुँदै बोलावट भएको छ? त्यसो भए त्यसले खतना हुन नचाहोस्। खतना केही होइन, बेखतना पनि केही होइन, तर परमेश्वरको आज्ञापालन मुख्य कुरा हो। जुन अवस्थामा मानिसलाई बोलावट भएको छ, त्यसैमा नै हरेक मानिस रहिरहोस्। तिम्रो बोलावट हुँदा तिमी कमारा थियौ? यदि थियौ भने त्यसको वास्ता नगर, तर स्वतन्त्र हुन सक्छौ भने त्यसको फाइदा उठाऊ। किनभने प्रभुमा बोलावट हुँदा जो मानिस कमारो थियो, अब त्यो प्रभुको स्वतन्त्र मानिस भएको छ। त्यसै गरी बोलावट भएको समयमा जो मानिस स्वतन्त्र थियो, त्यो ख्रीष्टको कमारो भएको छ। तिमीहरू मोल तिरेर किनिएका हौ, मानिसहरूका कमारा नबन। यसकारण भाइ हो, जसलाई जस्तो अवस्थामा बोलावट भएको छ, प्रत्येक त्यही अवस्थामा परमेश्वरसँग रहिरहोस्।
१ कोरिन्थी 7:17-24 पवित्र बाइबल (NERV)
जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा ऊ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु। यदि कुनै मानिस बोलाइँदा पहिल्यैबाट खतना भएको थियो भने उसले आफ्नो परिवर्तन गर्नु पर्दैन। यदि खतना नगरिएको मानिस बोलाइयो भने उसले खतना गरिरहनु पर्दैन। मानिस खतना गरिएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। खास कुरो त परमेश्वरको आज्ञाको पालन गर्नु हो। प्रत्येक मानिस त्यही अवस्थामा बसोस् जुन अवस्थामा उसलाई परमेश्वरबाट बोलाइयो। परमेश्वरले तिमीलाई बोलाउँदा तिमी कमारा थियौ भने त्यसको परवाह नगर। तर तिमी मुक्त हुन सक्छौ भने तिमीलाई दिएको मौकाको प्रयोग गर। परमेश्वरले बोलाउँदा कुनै मानिस कमारा थियो भने ऊ प्रभुमा मुक्त हुन्छ अनि ऊ प्रभुको हुन्छ। उसरी नै परमेश्वरले बोलाउँदा यदि ऊ मुक्त थियो भने ऊ ख्रीष्टमा कमारा हुन्छ। तिमीहरू मूल्य चुकाएर किनिएकाहरू हौ। त्यसैले मानिसका कमारा नबन। दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! अब परमेश्वरसितको नयाँ जीवनमा, तिमीहरू परमेश्वरद्वारा बोलाउनुहुँदा जुन अवस्थामा थियौ त्यही अवस्थामा रहनु पर्छ।

१ कोरिन्थी 7:17-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रभुले हरेक व्यक्तिलाई जस्तो अवस्थामा राख्नुभएको छ, तथा जुन रूपमा बोलाउनुभएको छ, त्यही अवस्थामा विश्वासी भएर जिउनुपर्दछ। म यही नियम सबै मण्डलीहरूका लागि राख्दछु। कुनै मानिसको बोलावट हुँदा उसको अगिबाटै खतना भइसकेको थियो भने उसले बेखतना हुनुपर्दैन। कुनै मानिसको बोलावट हुँदा खतना नभएको हो भने उसले खतना नगरोस्। खतना र बेखतना महत्त्वपूर्ण कुरा होइन, तर परमेश्वरको आज्ञापालन गर्नुचाहिँ महत्त्वपूर्ण कुरा हो। हरेक व्यक्ति परमेश्वरले बोलाउनुहुँदा जस्तो अवस्थामा थियो, त्यसै अवस्थामा रहिरहोस्। तिमीहरूको बोलावट हुँदा के तिमीहरू सेवक थियौ? यो कुराको चिन्ता नगर; तर तिमीले स्वतन्त्र हुने मौका पायौ भने त्यसको सदुपयोग गर। किनकि जब प्रभुमा बोलावट पाउँदा कोही व्यक्ति सेवक थियो भने अब ऊ प्रभुको स्वतन्त्र पारिएको मानिस हो; त्यसरी नै जब कोही व्यक्ति बोलावट हुँदा स्वतन्त्र मानिस थियो भने अब ऊ ख्रीष्टको सेवक हो। तिमीहरू मोल तिरेर किनिएका हौ; तिमीहरू मानिसहरूका सेवक नबन। दाजुभाइ-दिदीबहिनीहरू हो, प्रत्येक व्यक्ति परमेश्वरप्रति जिम्मेवार भई, जसले जुन अवस्थामा परमेश्वरबाट बोलावट पाएको छ, त्यही अवस्थामा रहिरहोस्।
१ कोरिन्थी 7:17-24 पवित्र बाइबल (NERV)
जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा ऊ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु। यदि कुनै मानिस बोलाइँदा पहिल्यैबाट खतना भएको थियो भने उसले आफ्नो परिवर्तन गर्नु पर्दैन। यदि खतना नगरिएको मानिस बोलाइयो भने उसले खतना गरिरहनु पर्दैन। मानिस खतना गरिएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। खास कुरो त परमेश्वरको आज्ञाको पालन गर्नु हो। प्रत्येक मानिस त्यही अवस्थामा बसोस् जुन अवस्थामा उसलाई परमेश्वरबाट बोलाइयो। परमेश्वरले तिमीलाई बोलाउँदा तिमी कमारा थियौ भने त्यसको परवाह नगर। तर तिमी मुक्त हुन सक्छौ भने तिमीलाई दिएको मौकाको प्रयोग गर। परमेश्वरले बोलाउँदा कुनै मानिस कमारा थियो भने ऊ प्रभुमा मुक्त हुन्छ अनि ऊ प्रभुको हुन्छ। उसरी नै परमेश्वरले बोलाउँदा यदि ऊ मुक्त थियो भने ऊ ख्रीष्टमा कमारा हुन्छ। तिमीहरू मूल्य चुकाएर किनिएकाहरू हौ। त्यसैले मानिसका कमारा नबन। दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! अब परमेश्वरसितको नयाँ जीवनमा, तिमीहरू परमेश्वरद्वारा बोलाउनुहुँदा जुन अवस्थामा थियौ त्यही अवस्थामा रहनु पर्छ।
१ कोरिन्थी 7:17-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले नै तिमीहरूलाई छान्नुभएको हो अनि वरदान पनि उहाँले नै दिनुभएको हो। तिमीहरू हरेकले त्यसैअनुसार जिउनुपर्छ। मैले सबै मण्डलीलाई सिकाएको शिक्षा पनि यही हो। शरीरमा खतना लाउने मानिस छानिएको छ भने उसले त्यस चिन्हलाई मेट्ने कोसिस नगरोस्। खतना नभएको मानिसलाई परमेश्वरले बोलाउनुभएको भए उसले पनि खतना लाउने कोसिस नगरोस् किनभने खतना हुनु र नहुनुमा केही फरक छैन। परमेश्वरको आज्ञा मान्नु मुख्य कुरा हो। जस्तो अवस्थामा परमेश्वरले बोलाउनुभएको छ, त्यस्तै अवस्थामा ऊ होस्। परमेश्वरले बोलाउनुहुँदा तिमी कमारा थियौ भने धन्दा नमान, तर यदि तिमीलाई स्वतन्त्र हुने मौका मिल्छ भने स्वतन्त्र होओ किनभने कमाराचाहिँ प्रभुको स्वतन्त्र मानिस हुन छानियो र त्यसै गरी स्वतन्त्र मानिसचाहिँ ख्रीष्टको कमारो हुन रोजियो। परमेश्वरले तिमीहरूलाई मोल हालेर किन्नुभएको हो। यसकारण मानिसको कमारो नहोओ। त्यसकारण भाइहरू, जस्तो अवस्थामा परमेश्वरले तिमीहरूलाई छान्नुभएको छ, त्यस्तै अवस्थामा परमेश्वरसँग बस।