YouVersion लोगो
खोज आइकन

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 7:17-24

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 7:17-24 NERV

जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा ऊ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु। यदि कुनै मानिस बोलाइँदा पहिल्यैबाट खतना भएको थियो भने उसले आफ्नो परिवर्तन गर्नु पर्दैन। यदि खतना नगरिएको मानिस बोलाइयो भने उसले खतना गरिरहनु पर्दैन। मानिस खतना गरिएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। खास कुरो त परमेश्वरको आज्ञाको पालन गर्नु हो। प्रत्येक मानिस त्यही अवस्थामा बसोस् जुन अवस्थामा उसलाई परमेश्वरबाट बोलाइयो। परमेश्वरले तिमीलाई बोलाउँदा तिमी कमारा थियौ भने त्यसको परवाह नगर। तर तिमी मुक्त हुन सक्छौ भने तिमीलाई दिएको मौकाको प्रयोग गर। परमेश्वरले बोलाउँदा कुनै मानिस कमारा थियो भने ऊ प्रभुमा मुक्त हुन्छ अनि ऊ प्रभुको हुन्छ। उसरी नै परमेश्वरले बोलाउँदा यदि ऊ मुक्त थियो भने ऊ ख्रीष्टमा कमारा हुन्छ। तिमीहरू मूल्य चुकाएर किनिएकाहरू हौ। त्यसैले मानिसका कमारा नबन। दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! अब परमेश्वरसितको नयाँ जीवनमा, तिमीहरू परमेश्वरद्वारा बोलाउनुहुँदा जुन अवस्थामा थियौ त्यही अवस्थामा रहनु पर्छ।