प्रभुले हरेकलाई जस्तो जीवन खटाउनुभएको छ र जस्तो स्थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्यो हिंडोस्। सबै मण्डलीहरूका निम्ति मेरो नियम यही हो। के कोही मानिसको बोलावट हुँदा त्यसको अघिबाटै खतना भइसकेको थियो? त्यसो हो भने त्यसले बेखतना हुन नखोजोस्। के कोही खतना नहुँदै बोलावट भएको छ? त्यसो भए त्यसले खतना हुन नचाहोस्। खतना केही होइन, बेखतना पनि केही होइन, तर परमेश्वरको आज्ञापालन मुख्य कुरा हो। जुन अवस्थामा मानिसलाई बोलावट भएको छ, त्यसैमा नै हरेक मानिस रहिरहोस्। तिम्रो बोलावट हुँदा तिमी कमारा थियौ? यदि थियौ भने त्यसको वास्ता नगर, तर स्वतन्त्र हुन सक्छौ भने त्यसको फाइदा उठाऊ। किनभने प्रभुमा बोलावट हुँदा जो मानिस कमारो थियो, अब त्यो प्रभुको स्वतन्त्र मानिस भएको छ। त्यसै गरी बोलावट भएको समयमा जो मानिस स्वतन्त्र थियो, त्यो ख्रीष्टको कमारो भएको छ। तिमीहरू मोल तिरेर किनिएका हौ, मानिसहरूका कमारा नबन। यसकारण भाइ हो, जसलाई जस्तो अवस्थामा बोलावट भएको छ, प्रत्येक त्यही अवस्थामा परमेश्वरसँग रहिरहोस्।
१ कोरिन्थी 7 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 7:17-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू