YouVersion लोगो
खोज आइकन

1 इतिहास 26:20-27

1 इतिहास 26:20-27 NCV

तिनीहरूका लेवी दाजुभाइहरू परमेश्‍वरको भवनको खजाना र अर्पण गरिएका चीजहरूका भण्डारहरूका जिम्मेवार थिए। लादानका सन्तानहरू, जो लादानको वंशद्वारा आएका गेर्शोनीहरू र गेर्शोनी लादानका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू यहीएली, यहीएलीका छोराहरू, जेताम र तिनका भाइ योएल थिए। तिनीहरू याहवेहको भवनको भण्डारहरूका अधिकारीहरू थिए। अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्जीएलीहरूबाट: मोशाका छोरा गेर्शोम, गेर्शोमका छोरा, शूबाएलचाहिँ भण्डारहरूका अधिकारी थिए। एलीएजरबाटका शूबाएलका आफन्तहरू: एलीएजेरका छोरा रहब्याह, रहब्याहका छोरा यसयाह, यसयाहका छोरा योराम, योरामका छोरा जिक्री र जिक्रीका छोरा शलोमीत। शलोमीत र तिनका आफन्तहरू ती सबै भण्डारहरूका जिम्मेवार थिए, जुन भण्डार राजा दावीदले, परिवारहरूका अगुवाहरूले, जो हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू थिए, र अरू सेनाका कप्‍तानहरूले अर्पण गरेका थोकहरू थिए। लडाइँमा लुटका केही मालसामानहरू याहवेहको मन्दिरको मरमतको निम्ति तिनीहरूले अर्पण गरेका थिए।

1 इतिहास 26 पढ्नुहोस्