YouVersion लोगो
खोज आइकन

१ इतिहास 26:20-27

१ इतिहास 26:20-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनीहरूका सङ्गी-लेवीहरूलाई परमप्रभुको भवनका भण्‍डारहरू र अर्पण गरिएका थोकहरूका भण्‍डारको जिम्‍मा दिइएको थियो। लादानका सन्‍तानहरू, जो लादानबाट जन्‍मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका प्रधानहरू थिए: यहीएली र तिनका छोराहरू, र जेताम र तिनका भाइ योएल। तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए। अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्‍जीएलीहरूबाट: मोशाका छोरा गेर्शोमका सन्‍तान शूबाएल भण्‍डारहरूका अधिकृत थिए। एलीएजरबाट तिनका कुटुम्‍बहरू: तिनका छोरा रहब्‍याह, तिनका छोरा यशयाह, तिनका छोरा योराम, तिनका छोरा जिक्री, तिनका छोरा शलोमीत थिए। दाऊद राजा, परिवार-परिवारका मुखियाहरू, जो हजार र सयका फौजका अधिकृतहरू थिए, र सेनाका अरू अधिकृतहरूले समर्पण गरेका थोकका भण्‍डारहरूका लागि सबै जिम्‍मा यी नै शलोमीत र तिनका कुटुम्‍बहरूलाई दिइएको थियो। तिनीहरूले लड़ाइँमा लिएका कुनै-कुनै लूटका मालहरू परमप्रभुको मन्‍दिरका मरम्‍मतको निम्‍ति तिनीहरूले समर्पण गरेका थिए।

शेयर गर्नुहोस्
१ इतिहास 26 पढ्नुहोस्

१ इतिहास 26:20-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनीहरूका लेवी दाजुभाइहरू परमेश्‍वरको भवनको खजाना र अर्पण गरिएका चीजहरूका भण्डारहरूका जिम्मेवार थिए। लादानका सन्तानहरू, जो लादानको वंशद्वारा आएका गेर्शोनीहरू र गेर्शोनी लादानका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू यहीएली, यहीएलीका छोराहरू, जेताम र तिनका भाइ योएल थिए। तिनीहरू याहवेहको भवनको भण्डारहरूका अधिकारीहरू थिए। अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्जीएलीहरूबाट: मोशाका छोरा गेर्शोम, गेर्शोमका छोरा, शूबाएलचाहिँ भण्डारहरूका अधिकारी थिए। एलीएजरबाटका शूबाएलका आफन्तहरू: एलीएजेरका छोरा रहब्याह, रहब्याहका छोरा यसयाह, यसयाहका छोरा योराम, योरामका छोरा जिक्री र जिक्रीका छोरा शलोमीत। शलोमीत र तिनका आफन्तहरू ती सबै भण्डारहरूका जिम्मेवार थिए, जुन भण्डार राजा दावीदले, परिवारहरूका अगुवाहरूले, जो हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू थिए, र अरू सेनाका कप्‍तानहरूले अर्पण गरेका थोकहरू थिए। लडाइँमा लुटका केही मालसामानहरू याहवेहको मन्दिरको मरमतको निम्ति तिनीहरूले अर्पण गरेका थिए।

शेयर गर्नुहोस्
१ इतिहास 26 पढ्नुहोस्

१ इतिहास 26:20-27 पवित्र बाइबल (NERV)

अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र बस्तुहरू राखिएका थिए। लादान गेर्शेन परिवारका थिए। यहीएली लादान परिवार समूहका मुखियाहरू मध्ये एक थिए। यहीएलीका छोराहरू जेताम अनि जेतामको भाइ योएल थिए। तिनीहरूले परमप्रभुको मन्दिरका मूल्यवान वस्तुहरूको जिम्मा लिएका थिए। अन्य मुखियाहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल कुल समूहका थिए। शबूएल परमप्रभुको मन्दिरका मूल्यवान बस्तुहरूको जिम्मेवार प्रधान थिए। शूबाएल गेर्शोमका छोरा थिए। गेर्शोम मोशाका छोरा थिए। यी शबूएलका आफन्तहरू थिएः एलाजारबाट तिनका आफन्तहरूः रहब्याह-एलीजरका छोरा, यशयिया-रहब्याहका छोरा, योराम-यशयियाका छोरा, जिंक्री-योरामका छोरा अनि शलोमीत-जिंक्रीका छोरा। यी शलोमीत र तिनका आफन्तहरू दाऊदले सँग्रह गरेका बस्तुहरूको जिम्मामावाल थिए। सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए। तिनीहरूले युद्धमा लिएका कतिपय वस्तुहरू दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको मन्दिरको संचालनको लागि निर्देशन दिए।

१ इतिहास 26:20-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरूका अरू लेवी बन्‍धुहरू मन्‍दिरको धनको भण्‍डार र परमेश्‍वरलाई चढाइएका भेटीहरू राख्‍ने कोठाहरूको जिम्‍मेवार थिए। गेर्शोनका एउटा छोरा लादान उनका छोरा यहीएलीका परिवारसहित अरू धेरै परिवारहरूका पुर्खा थिए। लादानका अरू दुई छोराहरू जेताम र योएल मन्‍दिरका कोष र अरू चीजबीजका भण्‍डारहरूका निम्‍ति जिम्‍मेवार थिए। अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएलका सन्‍तानहरूलाई पनि कार्यभार सुम्‍पिएको थियो। मोशाका छोरा गेर्शोमका गोत्रका शूबाएल मन्‍दिरको कोषाध्‍यक्ष थिए। एलीएजरचाहिँ रहब्‍याहका बुबा, रहब्‍याहचाहिँ यशयाहका बुबा, यशयाहचाहिँ योरामका बुबा, योरामचाहिँ जिक्रीका बुबा र जिक्रीचाहिँ शलोमीतका बुबा थिए। परमेश्‍वरलाई दाऊद राजा, परिवारका प्रधानहरू, गोत्रका मुखियाहरू र फौजी अधिकृतहरूले अर्पण गरेका सबै भेटीहरूको निम्‍ति शलोमीत र तिनको परिवारका मानिसहरू जिम्‍मेवार थिए। तिनीहरूले लडाइँमा लुटेका केही धन-सम्‍पत्ति लगेर मन्‍दिरको रेख-देखको निम्‍ति अर्पण गरे।

शेयर गर्नुहोस्
१ इतिहास 26 पढ्नुहोस्