YouVersion लोगो
खोज आइकन

१ इतिहास 26:20-27

१ इतिहास 26:20-27 सरल नेपाली

तिनीहरूका अरू लेवी बन्‍धुहरू मन्‍दिरको धनको भण्‍डार र परमेश्‍वरलाई चढाइएका भेटीहरू राख्‍ने कोठाहरूको जिम्‍मेवार थिए। गेर्शोनका एउटा छोरा लादान उनका छोरा यहीएलीका परिवारसहित अरू धेरै परिवारहरूका पुर्खा थिए। लादानका अरू दुई छोराहरू जेताम र योएल मन्‍दिरका कोष र अरू चीजबीजका भण्‍डारहरूका निम्‍ति जिम्‍मेवार थिए। अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएलका सन्‍तानहरूलाई पनि कार्यभार सुम्‍पिएको थियो। मोशाका छोरा गेर्शोमका गोत्रका शूबाएल मन्‍दिरको कोषाध्‍यक्ष थिए। एलीएजरचाहिँ रहब्‍याहका बुबा, रहब्‍याहचाहिँ यशयाहका बुबा, यशयाहचाहिँ योरामका बुबा, योरामचाहिँ जिक्रीका बुबा र जिक्रीचाहिँ शलोमीतका बुबा थिए। परमेश्‍वरलाई दाऊद राजा, परिवारका प्रधानहरू, गोत्रका मुखियाहरू र फौजी अधिकृतहरूले अर्पण गरेका सबै भेटीहरूको निम्‍ति शलोमीत र तिनको परिवारका मानिसहरू जिम्‍मेवार थिए। तिनीहरूले लडाइँमा लुटेका केही धन-सम्‍पत्ति लगेर मन्‍दिरको रेख-देखको निम्‍ति अर्पण गरे।

१ इतिहास 26 पढ्नुहोस्