तिनीहरूका सङ्गी-लेवीहरूलाई परमप्रभुको भवनका भण्डारहरू र अर्पण गरिएका थोकहरूका भण्डारको जिम्मा दिइएको थियो। लादानका सन्तानहरू, जो लादानबाट जन्मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका प्रधानहरू थिए: यहीएली र तिनका छोराहरू, र जेताम र तिनका भाइ योएल। तिनीहरू परमप्रभुको मन्दिरका भण्डारहरूका जिम्मावाल थिए। अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्जीएलीहरूबाट: मोशाका छोरा गेर्शोमका सन्तान शूबाएल भण्डारहरूका अधिकृत थिए। एलीएजरबाट तिनका कुटुम्बहरू: तिनका छोरा रहब्याह, तिनका छोरा यशयाह, तिनका छोरा योराम, तिनका छोरा जिक्री, तिनका छोरा शलोमीत थिए। दाऊद राजा, परिवार-परिवारका मुखियाहरू, जो हजार र सयका फौजका अधिकृतहरू थिए, र सेनाका अरू अधिकृतहरूले समर्पण गरेका थोकका भण्डारहरूका लागि सबै जिम्मा यी नै शलोमीत र तिनका कुटुम्बहरूलाई दिइएको थियो। तिनीहरूले लड़ाइँमा लिएका कुनै-कुनै लूटका मालहरू परमप्रभुको मन्दिरका मरम्मतको निम्ति तिनीहरूले समर्पण गरेका थिए।
१ इतिहास 26 पढ्नुहोस्
सुन्नुहोस् १ इतिहास 26
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 26:20-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू