अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र बस्तुहरू राखिएका थिए। लादान गेर्शेन परिवारका थिए। यहीएली लादान परिवार समूहका मुखियाहरू मध्ये एक थिए। यहीएलीका छोराहरू जेताम अनि जेतामको भाइ योएल थिए। तिनीहरूले परमप्रभुको मन्दिरका मूल्यवान वस्तुहरूको जिम्मा लिएका थिए। अन्य मुखियाहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल कुल समूहका थिए। शबूएल परमप्रभुको मन्दिरका मूल्यवान बस्तुहरूको जिम्मेवार प्रधान थिए। शूबाएल गेर्शोमका छोरा थिए। गेर्शोम मोशाका छोरा थिए। यी शबूएलका आफन्तहरू थिएः एलाजारबाट तिनका आफन्तहरूः रहब्याह-एलीजरका छोरा, यशयिया-रहब्याहका छोरा, योराम-यशयियाका छोरा, जिंक्री-योरामका छोरा अनि शलोमीत-जिंक्रीका छोरा। यी शलोमीत र तिनका आफन्तहरू दाऊदले सँग्रह गरेका बस्तुहरूको जिम्मामावाल थिए। सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए। तिनीहरूले युद्धमा लिएका कतिपय वस्तुहरू दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको मन्दिरको संचालनको लागि निर्देशन दिए।
इतिहासको पहिलो पुस्तक 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इतिहासको पहिलो पुस्तक 26:20-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू