YouVersion लोगो
खोज आइकन

रोमीहरूलाई पावलको पत्र 16:1-16

रोमीहरूलाई पावलको पत्र 16:1-16 NERV

म तिमीहरूलाई हाम्री बहिनी फिबीसँग परिचित गराउन चाहन्छु। उनी सक्रिय मण्डलीकी सेविका हुन्। परमप्रभुका मानिसहरूलाई सुहाउँदो हिसाबले उनलाई प्रभुको नाउँमा उनले चाहेका कुरामा जसरी भए पनि सघाऊ। उनले मलाई खुबै सहयोग गरेकी छन् र उनले अरूहरूलाई पनि धेरै सघाएकीछन्। प्रिस्कीला र अक्वीलालाई नमस्कार भनिदेउ, जसले ख्रीष्ट येशूमा मसँगै काम गर्दथिए। तिनीहरूले मेरो जीवन बचाउन आफ्ना जीवन पनि जोखिममा हालेका थिए। म तिनीहरूलाई धन्यवाद दिन्छु र गैर-यहूदीहरूका सबै मण्डलीहरू पनि कृतज्ञ छन्। अनि उनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि नमस्कार। मेरा प्रिय मित्र इपेनितसलाई नमस्कार। एशियामा ख्रीष्टलाई मान्ने उनी प्रथम मानिस हुन्। मरियमलाई पनि नमस्कार। उनले तिमीहरूका लागि कठिन काम गरेकी छन्। एन्ड्रोनिकस र युनिसलाई पनि नमस्कार। तिनीहरू मेरा आफन्त हुन् र मसँगै जेलमा थिए। तिनीहरू प्रेरितहरूद्वारा सम्मानित छन्। तिनीहरू मभन्दा अगाडी नै ख्रीष्टका विश्वासीहरू बनेका थिए। परमप्रभुको नाउँमा एमप्लिआतसलाई नमस्कार। उर्बानसलाई नमस्कार। उनी ख्रीष्टका एक सह-सेवक हुन्। मेरा प्रिय मित्र स्ताकिसलाई पनि नमस्कार। अपोल्लासलाई पनि नमस्कार। उनी ख्रीष्टका साँच्चो विश्वासीको रूपमा जाँचिएका थिए र प्रमाणित पनि भए। अरिस्तोबलस परिवारका सबै सदस्यहरूलाई नमस्कार। हेरोदियनलाई नमस्कार, उनी मेरा कुटुम्ब हुन्। नर्सिसस परिवारलाई पनि नमस्कार जो प्रभुमा छन्। त्रिफेना र त्रिफोसालाई पनि नमस्कार। ती नारीहरू प्रभुमा खुबै खटेका छन्। मेरा प्रिय मित्र परसीसलाई पनि नमस्कार। उनी पनि प्रभुमा खुब खटिन्। रूफसलाई पनि नमस्कार। उनी प्रभुमा विशेष मानिस हुन्। उनकी आमालाई पनि नमस्कार। उनी मेरी पनि आमा हुन्। अर्सिक्रितस, पलेगन, हर्मस, पत्रोबास अनि ख्रीष्टमा भएका सबै दाज्यू-भाइ दिदी-बहिनीहरूलाई पनि नमस्कार। फिलोलोगस र जुलिया, नेरियस र उनकी बहिनी ओलिम्पासलाई नमस्कार। अनि उनीहरूसँग भएका सबै विश्वासीहरूलाई नमस्कार। जब तिमीहरू भेट हुन्छौ एक अर्कालाई, पवित्र चुम्बनद्वारा अभिवादन गर। ख्रीष्टका सम्पूर्ण मण्डलीहरू तिमीहरूलाई अभिवादन पठाउँछन्।