YouVersion लोगो
खोज आइकन

रोमी 16:1-16

रोमी 16:1-16 सरल नेपाली

अब म हाम्री बहिनी फिबीसँग तिमीहरूको चिनापर्ची गराइदिन्‍छु, जसले किंक्रियाको मण्‍डलीमा सेविकाको काम गर्छिन्। उनले धेरैलाई सहायता गरिन् र मलाई पनि ठूलो सहायता गरेकी छिन्। यसकारण तिमीहरूले पनि ख्रीष्‍टका पवित्र जनले झैँ प्रभुको नाउँमा उहाँलाई स्‍वागत गर र खाँचोमा उहाँको सक्‍दो सहायता पनि गर। येशू ख्रीष्‍टको काम गर्दा मसँगै काम गर्नुहुने प्रिस्‍का र अकिलासलाई मेरो अभिवादन छ। मलाई बचाउन उहाँहरूले झण्‍डै मर्नुपनि परेको थियो। म उहाँहरूको ठूलो गुण सम्‍झन्‍छु, म मात्र होइनँ तर सबै अन्यजातिका मण्‍डलीहरूले पनि गुण मान्‍दछन्। उहाँहरूको घरमा भेला हुने मण्‍डलीलाई पनि मेरो अभिवादन छ। मेरा प्‍यारा मित्र एशियाका पहिला ख्रीष्‍टमा विश्‍वास गर्ने इपेनितसलाई अभिवादन छ। तिमीहरूका लागि मरिमेटेर काम गर्ने मरियमलाई अभिवादन छ। मसँगै कैद हुने यहूदी साथी र एन्‍ड्रोनिकस र युनियसलाई अभिवादन छ। उहाँहरूको नाउँ प्रेरितहरूका माझमा चलेको थियो अनि मैले विश्‍वास गर्नुभन्दा पहिले नै उहाँहरूले ख्रीष्‍टलाई विश्‍वास गर्नुभएको थियो। एम्‍प्‍लीआतसलाई मेरो अभिवादन छ। प्रभुमा विश्‍वास गर्नुभएकोले म उहाँलाई माया गर्छु। ख्रीष्‍टको निम्‍ति मसँगै काम गर्नुहुने उर्बानसलाई पनि मेरो अभिवादन छ। प्‍यारा स्‍ताखुसलाई पनि मेरो अभिवादन छ। ख्रीष्‍टमा भएको मुक्तिलाई प्रमाण गर्ने अपेल्‍लेसलाई अभिवादन छ। अरिस्‍तोबुलसका परिवारमा हुने सबैलाई अभिवादन। मेरा यहूदी भाइ हेरोदियनलाई अभिवादन। प्रभुमा विश्‍वास गर्ने नर्किससको घरका सबैलाई अभिवादन। प्रभुको धेरै काम गर्ने त्रुफेना बहिनी र त्रोफोसालाई अभिवादन। प्रभुको लागि धेरै काम गर्नुहुने प्‍यारी बहिनी परसीसलाई अभिवादन। प्रभुले छान्‍नुभएको रूफसलाई अभिवादन। मेरी आमासमान रूफसकी आमालाई अभिवादन। असिंक्रितस, फ्‍लेगन, हर्मेस, पत्रोबास, हर्मास र उहाँहरूसँग हुने अरू दाजुभाइहरूलाई पनि मेरो अभिवादन छ। फिलोलोगस र युलिया, नेरियस र उहाँकी बहिनी र ओलिम्‍पास र उहाँसँग भएका सबै ख्रीष्‍टका पवित्र जनहरूलाई मेरो अभिवादन छ। ख्रीष्‍टमा सबै मण्‍डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। एक-अर्कालाई प्रेमसँग अभिवादन सुनाइदेओ।

रोमी 16 पढ्नुहोस्