रोमी 16:1-16
रोमी 16:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किंक्रियामा भएको मण्डलीकी धर्म-सेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु। म तिमीहरूलाई निवेदन गर्दछु कि सन्तहरूलाई सुहाउने किसिमले तिनलाई प्रभुमा ग्रहण गर, र तिनलाई चाहिएको कुनै पनि सहायता तिनलाई देओ, किनकि तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्। प्रिस्का र अकिलास, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन। तिनीहरूले मेरो निम्ति आफ्ना जीवन सङ्कष्टमा हाले। तिनीहरूलाई मैले मात्र होइन, तर अन्यजातिका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्। तिनीहरूको घरमा भएको मण्डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई, जो ख्रीष्टको निम्ति एशियाको पहिलो विश्वासी हुन्, अभिवादन देओ। मरियमलाई, जसले तिमीहरूका बीचमा घोर परिश्रम गरिन्, तिनलाई अभिवादन देओ। एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी-कैदीहरूलाई, अभिवादन भनिदेओ। तिनीहरू प्रेरितहरूमध्ये प्रख्यात छन्, र मभन्दा अगाडि ख्रीष्टमा भएका थिए। एम्प्लीआतस, प्रभुमा मेरो प्रियलाई, अभिवादन भनिदेओ। उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी, र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ। ख्रीष्टको योग्य ठहरिएका अपेल्लेसलाई अभिवादन भनिदेओ। अरिस्तोबुलसको घरकाहरूलाई अभिवादन भनिदेओ। मेरा आफन्त हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानालाई अभिवादन भनिदेओ। प्रभुमा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन भनिदेओ। प्रभुमा अत्यन्तै परिश्रम गर्ने प्रिय परसीसलाई अभिवादन भनिदेओ। प्रभुमा चुनिएका रूफस र तिनकी आमा, जो मेरी पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन भनिदेओ। असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास, र तिनीहरूसँग भएका भाइहरूलाई अभिवादन भनिदेओ। फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास, र तिनीहरूसँग भएका सबै सन्तहरूलाई अभिवादन भनिदेओ। एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। ख्रीष्टमा सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
रोमी 16:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किंक्रिया मण्डलीकी सेविका हाम्री बहिनी फिबीको बारेमा म तिमीहरूका सामु प्रशंसा गर्दछु। तिनलाई प्रभुमा उहाँका सन्तहरूलाई सुहाउने तरिकाले ग्रहण गर भनी म तिमीहरूलाई बिन्ती गर्दछु, र तिनलाई कुनै पनि कुरामा तिमीहरूको आवश्यकता पर्यो भने सहायता गर। किनकि तिनी म लगायत धेरैका निम्ति सहयोगी बनेकी छिन्। ख्रीष्ट येशूमा मेरा सहकर्मी प्रिस्किला र अक्विलालाई अभिवादन छ। तिनीहरूले मेरो निम्ति आफ्नो ज्यान जोखिममा पारेका थिए। म मात्र होइन, तर सारा गैरयहूदी मण्डलीहरू पनि तिनीहरूप्रति कृतज्ञ छन्। तिनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि अभिवादन छ। इपेनितस मेरो प्रिय मित्र, जो एशियामा प्रभु ख्रीष्टमा आउने पहिलो विश्वासी थिए, उनलाई पनि अभिवादन भनिदेओ। मरियमलाई पनि अभिवादन भनिदेओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरिन्। एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र सङ्गी कैदीहरूलाई पनि अभिवादन भनिदेओ। प्रेरितहरूका बीचमा तिनीहरू प्रख्यात छन्, र मभन्दा पहिले तिनीहरूले ख्रीष्टमा विश्वास गरेका थिए। अम्प्लीआतस, प्रभुमा मेरा प्रिय मित्रलाई अभिवादन भनिदेओ। ख्रीष्टमा मेरा सहकर्मी उर्बानस र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ। ख्रीष्टमा दृढ र योग्य ठहरिएका अपेल्लेसलाई अभिवादन भनिदेओ। अरिस्तोबुलसको घरानाका सबैलाई अभिवादन भनिदेओ। मेरा आफन्त, हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानाका सबैलाई अभिवादन भनिदेओ। प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई पनि अभिवादन भनिदेओ। प्रभुमा ज्यादै परिश्रमी अर्की नारी मेरी प्रिय मित्र, परसीसलाई अभिवादन भनिदेओ। प्रभुमा चुनिएका रूफसलाई र तिनकी आमा, जो मेरी पनि आमाझैँ हुन्, उनीहरूलाई पनि अभिवादन भनिदेओ। असिंक्रितस, फ्लेगन, हर्मेस, पाट्रोबास, हर्मास र उनीहरूसँग रहने दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो अभिवादन भनिदेओ। फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी तथा ओलिम्पास र उनीहरूसँग हुने प्रभुका सन्तहरूलाई अभिवादन भनिदेओ। ख्रीष्टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर। ख्रीष्टका मण्डलीका सबैले तिमीहरूलाई अभिवादन पठाएका छन्।
रोमी 16:1-16 पवित्र बाइबल (NERV)
म तिमीहरूलाई हाम्री बहिनी फिबीसँग परिचित गराउन चाहन्छु। उनी सक्रिय मण्डलीकी सेविका हुन्। परमप्रभुका मानिसहरूलाई सुहाउँदो हिसाबले उनलाई प्रभुको नाउँमा उनले चाहेका कुरामा जसरी भए पनि सघाऊ। उनले मलाई खुबै सहयोग गरेकी छन् र उनले अरूहरूलाई पनि धेरै सघाएकीछन्। प्रिस्कीला र अक्वीलालाई नमस्कार भनिदेउ, जसले ख्रीष्ट येशूमा मसँगै काम गर्दथिए। तिनीहरूले मेरो जीवन बचाउन आफ्ना जीवन पनि जोखिममा हालेका थिए। म तिनीहरूलाई धन्यवाद दिन्छु र गैर-यहूदीहरूका सबै मण्डलीहरू पनि कृतज्ञ छन्। अनि उनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि नमस्कार। मेरा प्रिय मित्र इपेनितसलाई नमस्कार। एशियामा ख्रीष्टलाई मान्ने उनी प्रथम मानिस हुन्। मरियमलाई पनि नमस्कार। उनले तिमीहरूका लागि कठिन काम गरेकी छन्। एन्ड्रोनिकस र युनिसलाई पनि नमस्कार। तिनीहरू मेरा आफन्त हुन् र मसँगै जेलमा थिए। तिनीहरू प्रेरितहरूद्वारा सम्मानित छन्। तिनीहरू मभन्दा अगाडी नै ख्रीष्टका विश्वासीहरू बनेका थिए। परमप्रभुको नाउँमा एमप्लिआतसलाई नमस्कार। उर्बानसलाई नमस्कार। उनी ख्रीष्टका एक सह-सेवक हुन्। मेरा प्रिय मित्र स्ताकिसलाई पनि नमस्कार। अपोल्लासलाई पनि नमस्कार। उनी ख्रीष्टका साँच्चो विश्वासीको रूपमा जाँचिएका थिए र प्रमाणित पनि भए। अरिस्तोबलस परिवारका सबै सदस्यहरूलाई नमस्कार। हेरोदियनलाई नमस्कार, उनी मेरा कुटुम्ब हुन्। नर्सिसस परिवारलाई पनि नमस्कार जो प्रभुमा छन्। त्रिफेना र त्रिफोसालाई पनि नमस्कार। ती नारीहरू प्रभुमा खुबै खटेका छन्। मेरा प्रिय मित्र परसीसलाई पनि नमस्कार। उनी पनि प्रभुमा खुब खटिन्। रूफसलाई पनि नमस्कार। उनी प्रभुमा विशेष मानिस हुन्। उनकी आमालाई पनि नमस्कार। उनी मेरी पनि आमा हुन्। अर्सिक्रितस, पलेगन, हर्मस, पत्रोबास अनि ख्रीष्टमा भएका सबै दाज्यू-भाइ दिदी-बहिनीहरूलाई पनि नमस्कार। फिलोलोगस र जुलिया, नेरियस र उनकी बहिनी ओलिम्पासलाई नमस्कार। अनि उनीहरूसँग भएका सबै विश्वासीहरूलाई नमस्कार। जब तिमीहरू भेट हुन्छौ एक अर्कालाई, पवित्र चुम्बनद्वारा अभिवादन गर। ख्रीष्टका सम्पूर्ण मण्डलीहरू तिमीहरूलाई अभिवादन पठाउँछन्।
रोमी 16:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब म हाम्री बहिनी फिबीसँग तिमीहरूको चिनापर्ची गराइदिन्छु, जसले किंक्रियाको मण्डलीमा सेविकाको काम गर्छिन्। उनले धेरैलाई सहायता गरिन् र मलाई पनि ठूलो सहायता गरेकी छिन्। यसकारण तिमीहरूले पनि ख्रीष्टका पवित्र जनले झैँ प्रभुको नाउँमा उहाँलाई स्वागत गर र खाँचोमा उहाँको सक्दो सहायता पनि गर। येशू ख्रीष्टको काम गर्दा मसँगै काम गर्नुहुने प्रिस्का र अकिलासलाई मेरो अभिवादन छ। मलाई बचाउन उहाँहरूले झण्डै मर्नुपनि परेको थियो। म उहाँहरूको ठूलो गुण सम्झन्छु, म मात्र होइनँ तर सबै अन्यजातिका मण्डलीहरूले पनि गुण मान्दछन्। उहाँहरूको घरमा भेला हुने मण्डलीलाई पनि मेरो अभिवादन छ। मेरा प्यारा मित्र एशियाका पहिला ख्रीष्टमा विश्वास गर्ने इपेनितसलाई अभिवादन छ। तिमीहरूका लागि मरिमेटेर काम गर्ने मरियमलाई अभिवादन छ। मसँगै कैद हुने यहूदी साथी र एन्ड्रोनिकस र युनियसलाई अभिवादन छ। उहाँहरूको नाउँ प्रेरितहरूका माझमा चलेको थियो अनि मैले विश्वास गर्नुभन्दा पहिले नै उहाँहरूले ख्रीष्टलाई विश्वास गर्नुभएको थियो। एम्प्लीआतसलाई मेरो अभिवादन छ। प्रभुमा विश्वास गर्नुभएकोले म उहाँलाई माया गर्छु। ख्रीष्टको निम्ति मसँगै काम गर्नुहुने उर्बानसलाई पनि मेरो अभिवादन छ। प्यारा स्ताखुसलाई पनि मेरो अभिवादन छ। ख्रीष्टमा भएको मुक्तिलाई प्रमाण गर्ने अपेल्लेसलाई अभिवादन छ। अरिस्तोबुलसका परिवारमा हुने सबैलाई अभिवादन। मेरा यहूदी भाइ हेरोदियनलाई अभिवादन। प्रभुमा विश्वास गर्ने नर्किससको घरका सबैलाई अभिवादन। प्रभुको धेरै काम गर्ने त्रुफेना बहिनी र त्रोफोसालाई अभिवादन। प्रभुको लागि धेरै काम गर्नुहुने प्यारी बहिनी परसीसलाई अभिवादन। प्रभुले छान्नुभएको रूफसलाई अभिवादन। मेरी आमासमान रूफसकी आमालाई अभिवादन। असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उहाँहरूसँग हुने अरू दाजुभाइहरूलाई पनि मेरो अभिवादन छ। फिलोलोगस र युलिया, नेरियस र उहाँकी बहिनी र ओलिम्पास र उहाँसँग भएका सबै ख्रीष्टका पवित्र जनहरूलाई मेरो अभिवादन छ। ख्रीष्टमा सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। एक-अर्कालाई प्रेमसँग अभिवादन सुनाइदेओ।