किंक्रियामा भएको मण्डलीकी धर्म-सेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु। म तिमीहरूलाई निवेदन गर्दछु कि सन्तहरूलाई सुहाउने किसिमले तिनलाई प्रभुमा ग्रहण गर, र तिनलाई चाहिएको कुनै पनि सहायता तिनलाई देओ, किनकि तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्।
प्रिस्का र अकिलास, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन। तिनीहरूले मेरो निम्ति आफ्ना जीवन सङ्कष्टमा हाले। तिनीहरूलाई मैले मात्र होइन, तर अन्यजातिका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्।
तिनीहरूको घरमा भएको मण्डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई, जो ख्रीष्टको निम्ति एशियाको पहिलो विश्वासी हुन्, अभिवादन देओ।
मरियमलाई, जसले तिमीहरूका बीचमा घोर परिश्रम गरिन्, तिनलाई अभिवादन देओ।
एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी-कैदीहरूलाई, अभिवादन भनिदेओ। तिनीहरू प्रेरितहरूमध्ये प्रख्यात छन्, र मभन्दा अगाडि ख्रीष्टमा भएका थिए।
एम्प्लीआतस, प्रभुमा मेरो प्रियलाई, अभिवादन भनिदेओ।
उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी, र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ।
ख्रीष्टको योग्य ठहरिएका अपेल्लेसलाई अभिवादन भनिदेओ। अरिस्तोबुलसको घरकाहरूलाई अभिवादन भनिदेओ।
मेरा आफन्त हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानालाई अभिवादन भनिदेओ।
प्रभुमा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन भनिदेओ। प्रभुमा अत्यन्तै परिश्रम गर्ने प्रिय परसीसलाई अभिवादन भनिदेओ।
प्रभुमा चुनिएका रूफस र तिनकी आमा, जो मेरी पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन भनिदेओ।
असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास, र तिनीहरूसँग भएका भाइहरूलाई अभिवादन भनिदेओ।
फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास, र तिनीहरूसँग भएका सबै सन्तहरूलाई अभिवादन भनिदेओ।
एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। ख्रीष्टमा सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।