YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 118:1-13

भजनसंग्रह 118:1-13 NERV

परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ! इस्राएल ले यसो भन्छ, “उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!” पूजाहारीहरू यसो भन्छन्, “उहाँको स्नेहपूर्ण करूणा अनन्त सम्म रहनेछ!” मानिसहरूले परमप्रभुलाई पुज्दै यसो भन्दछन्, “उहाँको स्नेहपूर्ण करूणा अनन्त रहनेछ!” म सङ्कटहरूमा फँसेको थिएँ। यसैले सहायताको निम्ति मैले परमप्रभुलाई डाकें। परमप्रभुले त्यसको जवाफ दिनुभयो अनि मलाई मुक्त पार्नुभयो। परमप्रभु मसँग हुनुहुन्छ, यसैले म भयभीत छैन। मानिसहरूले मलाई कुनै प्रकारको हानी पुर्याउनँ सक्तैन। परमप्रभु मेरो सहयोगी हुनुहुन्छ म मेरो शत्रुहरू परास्त भएको देख्नेछु। मानिसहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो। तिमीहरूका नेताहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो। धेरै शत्रुहरूले मलाई घेरेर राखे तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारें। शत्रुहरूले मलाई घरि-घरि घेरी रहे। मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पार्दै गएँ। शत्रुहरूले मलाई त्यसरी घेरे जसरी भीर माउरीहरूले घेर्दछ। तर तिनीहरू छिट्टै नाश भएर गए जसरी पराल एकै छिनमा जलेर जान्छ। मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पारें। मेरो शत्रुहरूले ममा आक्रमण गरे अनि लगभग नष्ट गरीसकेका थिए। तर परमप्रभुले मलाई साथ दिनुभयो।

भजनसंग्रह 118 पढ्नुहोस्